यस वर्षको मिस नेपाल मलिना जोशी
Added: 2011 August 30

१८ प्रतिस्पर्धीलाई पछि पार्दै यस वर्षको मिस नेपाल मलिना जोशी   भएकी छन्।  पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले मिस नेपालको ताज मलिनाको शिरमा पहिराइ दिइन्। २३ वर्षीया नयाँ मिस नेपाल  धरानकी स्थायी बासिन्दा हुन्। हाल उनी  काठमाडौं बस्दै आएकी थिइन्। मलिनाले आगामी मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्। यस्तै गरेर अनुपमा गुरुङ फस्ट रनरप भइन् भने सकेन्ड रनरअपको उपाधि सरिना मास्केले जितिन्। त्यस्तै मिस ब्युटी हेयरको उपाधि अनुपमा गुरुङ,मिस फोटोजेनिक मनिषा विष्ट, मिस ब्युटिफूल स्माइल प्रतीभा श्रेष्ठले जितिन्। मिस पर्सनालिटी नम्रता दाहाल, ‍मिस ब्युटीफूल कम्लेक्सन नीता योगी, मिस ट्यालेन्ट विष्णु चेम्जोङ र मिस पपुलर नेहा पौडेल भएकी छन्। सन् १९९४ सालमा काठमाण्डौ जेशिशले सुरु गरेको यो प्रतियोगीता सन् १९९६ देखि द हिडेन ट्रेजरले गर्दै आएको छ ।

सम्बन्धित समाचारहरु

प्रतिक्रिया दिनुहोस्


Type what you see in picture below

प्रतिक्रियाहरु:

No feed back Yet...
जनमत

Loading...

अडियो

  • सुमधुर धुन