चलचित्रकर्मीहरुको आमरण अनसन शुरु
चलचित्रकर्मीहरुको आमरण अनसन शुरु
Added: 2013 January 29

सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा धर्मेन्द्र मरवैतालाई नियुक्त गरेपछि आक्रोशित बनेका चलचित्रकर्मीहरुले आमरण अनसन शुरु गरेका छन् ।
चलचित्र विकास वोर्डलाई स्वायत्त संस्था बनाइनु पर्ने, चलचित्र क्षेत्रमा योगदान पुर्‍याएको व्यक्तिलाई वोर्ड अध्यक्ष बनाउनु पर्ने लगायतका माग राखेर उनीहरुले आन्दोलन गर्दै आएका छन् ।
माग पूरा गराउन कलाकर्मीहरुले धर्ना, घेराऊ, रिले अनसन गर्दै आएकोमा सरकारले मरवैतालाई वोर्ड अध्यक्ष बनाएपछि चलचित्रकर्मीहरु थप आक्रोशित बनेका हुन् ।
राजधानीको चावहिलस्थित चलचित्र विकास वोर्डको प्राङ्गणमा आमरण अनसन बस्नेहरुमा चलचित्र निर्देशक समाजका अध्यक्ष विमल पौडेल, नायक मुकेश ढकाल, एमएस अग्रज, निला बस्नेत, सूर्य रेग्मी र अनन्त तिमल्सिना रहेका छन् । उनीहरुले माग पूरा नभएसम्म अनसन जारी राख्ने चेतावनी दिएका छन् ।
 

सम्बन्धित समाचारहरु