चलचित्र ‘वधशाला’ लाई रोक लगाउन रक्षाद्वारासञ्चार मन्त्रालयलाई पत्राचार
चलचित्र ‘वधशाला’ लाई रोक लगाउन रक्षाद्वारासञ्चार मन्त्रालयलाई पत्राचार
Added: 2013 January 27

आगामी फागुन २५ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘वधशाला’ को प्रदर्शनमा प्रतिवन्ध लगाउन रक्षा मन्त्रालयले सूचना तथा सञ्चार मन्त्रालयलाई पत्राचार गरेको छ ।
रक्षाले माघ ३ गते सञ्चारलाई लेखेको पत्रमा नेपाली सेनाको पोशाक लगाएर छायांकन लगायतका विषयमा सम्बन्धित निकायसँग स्वीकृति नलिइ तयार गरिएकाले प्रतिवन्ध लगाउन आग्रह गरिएको छ ।

नेपाली सेनाको अनुरोध गरेबमोजिम चलचित्र प्रतिवन्ध लगाउन रक्षा मन्त्रालयले लेखेको पत्रमा आग्रह गरिएको छ । यता, चलचित्र बधशालाका निर्देशक मनोज पण्डितले चलचित्र प्रतिवन्ध लगाउने तयारी अभिव्यक्ति स्वतन्त्रता माथिको हस्तक्षेप भएको बतायनु भयो ।

चलचित्र बधशाला सशस्त्र द्वन्वकालमा भैरवनाथ गणमा कैदीहरुमाथि सेनाले दिएको यातनाको सेरोफेरोमा केन्द्रीत छ ।
 

सम्बन्धित समाचारहरु