चलचित्रकर्मीको आन्दोलन जारी
चलचित्रकर्मीको आन्दोलन जारी
Added: 2013 January 27

चलचित्र विकाश वोर्डमा राजनीति हावी भएको भन्दै आन्दोलित चलचित्रकर्मीहरुले आजदेखी चलचित्र निर्माण र प्रदर्शनका सवै काम ठप्प पारेका छन् ।
धमेन्द्र मरवैता ‘पप्पु’ लाई सरकारले बोर्डको नयाँ अध्यक्ष नियुक्त गरेपछि थप आक्रोशित भएका चलचित्रकर्मीहरुले आजदेखी देशैभरका सम्पूर्ण चलचित्र घर, सुटिङ, पोष्ट प्रोडक्शन पूर्णरुपमा ठप्प पार्ने, बोर्डका नव नियुक्त अध्यक्ष पप्पुलाई बोर्ड प्रबेशमा निषेध गरी सार्वजनिक वहिष्कार गर्ने,  जारी रिले अनशनलाई हालकै स्थानमा यथावत राख्ने लगायतका आन्दोलनका कार्यक्रम तय गरेर आन्दोलनमा उत्रिएका हुन् । आन्दोलित चलचित्रकर्मीहरुले आज विहान ११ बजे चलचित्र बिकास बोर्ड परिसरमा अन्र्तक्रिया गरेका छन् ।

बोर्डको अध्यक्षमा चलचित्रसंग सम्बन्धित र लामो समयदेखि चलचित्रमा काम गरेका व्यक्तिलाई बनाउनुपर्नेमा सरकारले राजनीतिक नियुक्ति गरेकाले आन्दोलनमा उत्रिनु परेको उनीहरुको भनाई छ ।
यता वोर्डका नवनियुक्त अध्यक्ष पप्पुले भने आफ्नो नियुक्ति राजनितिक नभएको दावी गर्नुभएको छ । लामो समयदेखी आफू चलचित्र निर्माणमा संलग्न रहेको तथा निर्माता संघको सदस्य समेत रहीसकेकाले आफूलाई चलचित्र क्षेत्र वाहिरको व्यक्ति भन्नु गलत बुझाई रहेको उहांको भनाई छ ।
 

सम्बन्धित समाचारहरु