बिकास बोर्डको अध्यक्ष पप्पु नियुक्त भएपछि चलचित्रकर्मीहरु थप आन्दोलित
बिकास बोर्डको अध्यक्ष पप्पु नियुक्त भएपछि चलचित्रकर्मीहरु थप आन्दोलित
Added: 2013 January 26

नरेश फुयांल । सरकारले चलचित्र बिकास बोर्डको अध्यक्षमा धमेन्द्र मरवैता ‘पप्पु’ लाई नियुक्त गरेपछि थप आक्रोशित भएका चलचित्रकर्मीहरुले विरोधका नयाँ कार्यक्रम घोषणा गरेका छन् ।

प्रधानमन्त्रीलाई भेटेको ४ घन्टा बित्न नपाउदै बोर्डमा नयाँ अध्यक्ष नियुक्त गरिनु  धोका भएको ठहर गर्दै चलचित्रकर्मीहरुले ४ बुँदे आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । आन्दोलनका कार्यक्रम अन्तरगत माघ १४ गतेदेखी नेपालभरी सम्पूर्ण चलचित्र घर, सुटिङ, पोष्ट प्रोडक्शन पूर्णरुपमा ठप्प पार्ने, बोर्डका नव नियुक्त अध्यक्ष पप्पुलाई बोर्ड प्रबेशमा निषेध गरी सार्वजनिक वहिष्कार गर्ने,  जारी रिले अनशनलाई हालकै स्थानमा यथावत सूचारु राख्ने रहेका छन् ।

यस्तै माघ १४ गते बिहान ११ बजे चलचित्र बिकास बोर्ड परिसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने उनीहरुले बताएका छन् । आज राजधानीमा आयोजीत पत्रकार सम्मेलनमा निर्माता संघका अध्यक्ष राजकुमार राईले चलचित्रकर्मी माथी धोका भएको भन्दै अब सरकारसँग मुडभेडको अवस्था आउन सक्ने चेतावनी दिनु भयो ।

 

सम्बन्धित समाचारहरु