चलचित्र विकास बोर्डको अध्यक्षमा पप्पु नियुक्त
चलचित्र विकास बोर्डको अध्यक्षमा पप्पु नियुक्त
Added: 2013 January 25

नरेश फुयांल । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा धर्मेन्द्र मरहथ्वा पप्पुलाई नियुक्त गरेको छ ।

शुक्रबार सांझ बसेको मन्त्रिपरिषदको बैठकले चलचित्रकर्मीहरुको आन्दोलनलाई बेवास्ता गर्दै सञ्चारमन्त्री राजकिशोर यादवको प्रस्तावमा पप्पुलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । बोर्डको अध्यक्षमा चलचित्र निर्माता प्रदिय पकुमार उदयको नाम चर्चामा रहेको थियो ।

पप्पुलाई अध्यक्षमा नियुक्त गरिएको निर्णयप्रति कतिपय चलचित्र कर्मीले आपत्ती जनाएका छन् भने केही भने मौन रहेका छन् ।

सम्बन्धित समाचारहरु