अमिताभ बच्चनलाई ‘ट्याक्स’ छलीको आरोप
अमिताभ बच्चनलाई ‘ट्याक्स’ छलीको आरोप
Added: 2013 January 08

बलिउड महानायक अमिताभ बच्चनलाई भारतको सर्बोच्च अदालतले कानूनी सूचना जारी गरेको छ । उक्त सूचना बच्चनले ‘ट्याक्स’ छली गरेको आरोपमा जारी गरेको बीबीसीले जनाएको छ ।

भारतको आयकार विभागले दायर गरेको एक उजुरीमा अदालतले बच्चनलाई सो सूचना जारी गरेको हो । भारतको आयकर विभागका अनुसार बच्चनले आफ्नो टेभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ बापत १.६६ करोड भारु कर तिर्न बाँकी रहेको छ ।

सो कर रकम भने सन् २००२–०३ को भएको जनाइएको छ । यसअघि सन् २०१२ को जुलाईमा यस विषयमा बच्चनलाई राहत मिलेको थियो । त्यतिखेर त्यहाँका आयकर आयुक्तले मुम्बई हाईकोर्टमा बच्चनको कर छली सम्बन्धी मामिला उपर कारबाही प्रक्रिया अघि बढाउन गरेको अपिल खारेज गरिएको थियो ।

सम्बन्धित समाचारहरु