भारतका चर्चित सितार वादक पण्डित रवि शंकरको निधन
भारतका चर्चित सितार वादक पण्डित रवि शंकरको निधन
Added: 2012 December 12

एजेन्सीको सहयोगमा सुदिप पौडेल, मंसिर २७, काठमाण्डौ । भारतका चर्चित सितार वादक पण्डित रवि शंकरको ९२ वर्षको उमेरमा निधन भएको छ ।

फोक्सो सम्वन्धी रोगबाट पीडित रविशंकर अमेरिकाको स्कृप्स मेमोरियल अस्पतालमा उपचारको क्रममा आज विहान निधन भएको हो । भारतमा महान संगीतकार मध्येका एक उनले भारतीय संगीतलाई पश्चिमाहरुमाझ लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

सन् १९२० मा वाराणसीमा जन्मिएका रवि शंकर नृत्यको माध्यमबाट काला क्षेत्रमा प्रवेश गरेका थिए । तर, १८ वर्षको उमेरमा उनले नृत्य छोडेर सितार बनाउन सुरु गरे ।
रविशंकरले आफ्नो पहिलो श्रीमती अन्नपूर्णासंग सम्वन्ध विच्छेद गरेपछि सुकन्यासंग दोश्रो विवाह गरेका थिए । उनीहरुको एक मात्र सन्तान अनुष्का पनि संगीतकार र सितार वाधक हुन् । यसका अलावा उनको सम्वन्ध अमेरिकी महिला सू जोन्ससंग पनि थियो, उनीबाट एक छोरी नोरा जोन्स छिन् ।

यद्यपी रवि शंकर र सूले विवाह भने गरेनन् । रवि शंकरलाई भारत सरकारले सन् १९९९ मा सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट सम्मान गरेको थियो । उनी सन् १९८६ देखि ९२ सम्म राज्य सभा सदस्य पनि थिए ।


सम्बन्धित समाचारहरु