मनीषा कोइरालाको शल्यक्रिया सम्पन्न
मनीषा कोइरालाको शल्यक्रिया सम्पन्न
Added: 2012 December 11

चर्चित अभिनेत्री मनीषा कोइरालाको पाठेघरको शल्यक्रिया सम्पन्न भएको छ । अमेरिकाको न्यूयोर्कको म्यानहाटन स्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा डेनिस ची नेतृत्वको चिकित्सकको टोलीले ४२ बर्षीया कोइरालाको शल्यक्रिया नेपाली समय अनुसार आज बिहान सवा दश बजे सकिएको हो ।

केही साता मनीषा अस्पतालमै रहनेछिन् । समाचार स्रोतका अनुसार चिकित्सक ची ले परिवारका सदस्यहरुसँग शल्यक्रिया गर्न ६/७ घण्टा लागे अप्रेसन राम्रो भयो भनेर सोच्नु भनेकाले मनीसाको अप्रशन सफल भएको अनुमान गरिएको छ ।

अप्रेशन कक्ष भित्र जाने क्रममा मनीषाले आफनो चिन्ता नगर्न अनुरोध गर्दै हात हल्लाउँदैं मनीषाले भनेकी थिईन्, ” आई वील वी ब्याक सुन । डोन्ट वरी ।”

तेह्र दिन अघि मुम्बईमा अकस्मात बेहोस भएपछि उपचारका क्रममा जसलोक अस्पतालले उनीलाई पाठेघरको क्यान्सर भएको जनाएको थियो । त्यसपछि उनलाई न्युयोर्क ल्याईएको थियो ।
 

सम्बन्धित समाचारहरु