मनिषाको सल्यक्रिया आज
मनिषाको सल्यक्रिया आज
Added: 2012 December 10

नायिका मनिषाको कोइरालाको सल्यक्रिया आज हुँदै छ । गर्भाशयको क्यान्सरबाट पीडित मनिषाको अप्रेशन न्यूर्योकस्थित अस्पतालमा हुन लागेको हो ।

गर्भाशयको क्यान्सरसग जुधिरहेकी ४२ वर्षीया मनिषा विगत एकसातादेखि न्यूर्योकस्थित अस्पतालमा रहेकी छिन् । मनिषा नेपालबाट आफ्नो उपचारका लागि मुम्बई स्थित जसलोक अस्पतालमा भर्ना भएकी थिइन् । त्यहाँबाट उनी न्यूर्योक अस्ताल पुगेकी हुन् ।

सन् ९० को दशककी बलिउडकी चर्चित अभिनेत्री मनिषाले फिल्म सौदागरबाट बलिउड यात्रा प्रारम्भ गरेकी थिइन् । मनिषाले यसअघि आफ्नो फेसुबक स्टाटस लेख्दै आफ्नो रोगको बारेमा जानकारी पाएर दु:खी भएपनि आफू छिट्टै निको हुने विश्वास व्यक्त गरेकी थिइन् ।

सम्बन्धित समाचारहरु