२८ विधामा अवार्ड प्रदान गर्दै विन्ध्यबासिनी म्यूजिक अवाड सम्पन्न
२८ विधामा अवार्ड प्रदान गर्दै विन्ध्यबासिनी म्यूजिक अवाड सम्पन्न
Added: 2012 December 03

आइतबार आर्मी अफिसर्स क्लबमा भएको विन्ध्यबासिनी म्यूजिक अवार्ड २०६९ अन्तरगत २८ विधामा उत्कृष्ट गीतसंगीतले अवार्डसमेत हात पारेका छन् । प्रत्येक वर्ष म्यूजिक अवार्ड आयोजना गर्दै आएको विन्ध्यवासिनी म्यूजिक कम्पनीले यो वर्ष पनि गीतसंगीतको क्षेत्रमा क्रियाशील रहेका विभिन्न श्रष्टाहरुलाई अवार्ड प्रदान गरेको हो ।

उत्कृष्ट गीतमा शैलेन्द्र शरदले ती आँखामा आँसु, उत्कृष्ट गायकमा पागलै भनबाट सत्यराज आचार्य, गायिकामा जसलाई मुटुबाट मिलन अमात्य र उत्कृष्ट संगीतमा गैरे सुरेशले अवार्ड हात पारे ।  उत्कृष्ट पप गायक दीपेशकिशोर भट्टराई र पपसंगीतकारको अवार्ड भने कमल खत्रीले प्राप्त गरे भने पप गायिकाको अवार्ड भने आकांक्षा बस्यालले हात पारिन् । नवप्रतिभाको तर्फबाट गायक प्रल्हाद तिमिल्सिनाले अवार्ड चुम्न सफल भए् ।
उत्कृष्ट लोकदोहारी गायकतर्फ मैले माया गर्न जानिनँ कि बाट विमल डाँगी, गायिकातर्फ विष्ण्ुा माझीले अवार्ड हात परे भने बेसारेकोबाट मिलन लामाले अवार्ड हात पार्न सफल भए । त्यस्तै राष्ट्रिय गीततर्फ भने सत्यस्वरुपको मेरो देश डुब्नै लाग्योबाट अवार्ड पाए भने उत्कृष्ट चलचित्र संगीतबाट अर्जुन पोखरेल, चलचित्र गायक शिवर परियार र गायिका दुर्गा खरेलले अवार्ड प्राप्त गरे ।

वरिष्ठ गीतकार किरण खरेललाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । सयौं गीतका लेखक किरण खरेलले गीत रचनामा योगदान पुर्‍याएर गीतसंगीतको क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै सत्यराज आचार्य प्रतिष्ठानद्वारा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको हो ।

पहिले नै अवार्डमा चलखेल भएको भन्ने विभिन्न समाचारहरु प्रकाशन भएका र ककसले अवार्ड पाउँदैछन् भन्ने कुरा पनि प्रकाशनमा आएका कारण अवार्डलाई खल्लो महसुस गरेका दर्शक एवं संगीतप्रेमीहरुकामाझ अवार्ड कार्यक्रम सम्पन्न भएको थियो ।

 

सम्बन्धित समाचारहरु