मनीषा कोइराला थप उपचारका लागी अमेरिका जादै
मनीषा कोइराला थप उपचारका लागी अमेरिका जादै
Added: 2012 December 01

नरेश फुयांल,मंसिर–१६ काठमाण्डौ । क्यान्सरबाट पिडित अभिनेत्री मनीषा कोइराला थप उपचारका लागी अमेरिका जान लाग्नु भएको भारतीय सञ्चार माध्ययमहरुले जनाएका छन् ।

मनीषा बिगत केही दिन देखि भारतको गुडगाउँमा रहेको जसलोक अस्पतालमा उपचारको लागी भर्ना भहुनु भएको थियो ।

गत नोभेम्बर २८ तारिखमा अस्पतालमा भर्ना भएकी ४२ वर्षीया नायिका मनीषा तीन दिन सम्म अस्पतालमा उपचार गराउनु भएको थियो । उहालाई पाठेघरको क्यान्सर भएको चिकित्सकहरुले बताएका भारतीय संचारमाद्यमहरुले बताएका छन् । हिजो बिहान उहालाइ अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।
 

सम्बन्धित समाचारहरु