मनिषा कोइरालालाई क्यान्सर
मनिषा कोइरालालाई क्यान्सर
Added: 2012 November 29

भारतीय सिने उद्योगकी चचिर्त नेपाली नायिका मनिषा कोइरालालाई क्यान्सर भएको छ । भारतको मुम्बईस्थित जसलोक अस्पतालमा नायिका मनिषाले क्यान्सरको उपचार गराईरहेको समाचार भारतीय पत्रिका टाईम्स अफ इण्डियाको अनलाईन संस्करणमा प्रकाशित भएको छ ।

मनिषाकी आमा उपचारका क्रमममा सँगै रहेको र बाबु प्रकाश र भाइ सिद्धार्थ मुम्बई आउन लागेको समाचारमा उल्लेख छ । नेपालमा छँदै बिरामी भएकी मनिषालाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । त्यसलगत्तै मनिषालाई उपचारका लागि मुम्बई पुर्‍याइएको हो ।

उनी साढे २ वर्षअघि नेपाली व्यवसायी सम्राट दाहालसँग विवाह बन्धनमा बाँधिएकी थिईन् । विवाह भएको ६ महिनापछि नै उनीहरुबीच मनमुटाव भएको र सम्बन्ध विच्छेद हुन लागेका समाचारहरु सञ्चार माध्यममा आइरहे पनि उनीहरुबीच औपचारिक रुपमा सम्बन्ध विच्छेद भनेको भएको छैन ।

विवाह गरेपछि उनी फिल्म क्षेत्रबाट टाढिए पनि केही भारतीय सञ्चार माध्यमले भने मनिषाले फेरी बलिउडमा पुनरागमन गर्ने समाचार प्रकाशन प्रशारण गर्दै आएका छन् ।
 

सम्बन्धित समाचारहरु