ठगीको अभियोगमा गायक याम क्षेत्री हिराशतमाः शीतल दिएन पीपल समीले
Added: 2012 January 20


 माघ ६, काठमाडौं ।प्रविधीको दुरुपयोग गर्दै अनुमति विना अरुको मोवाइलमा आफ्नो गीतको सिआरवीटी डाउनलोड गर्ने लोक गायक याम क्षेत्रीलाई ठगीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले पर्वतका यमबहादुर क्षेत्रीलाई विहिवार पक्राउ गरेको हो । उनलाई अहिले अनुसन्धानको लागि हनुमानढोका प्रहरी परिसरमा मा राखिएको छ ।
गायक क्षेत्रीले विभिन्न व्यक्तिका सीमकार्डको पासवर्ड चोरी गरी मोवाइल धनीलाई जानकारी नै नहुने गरी ”शीतल दिने पीपल समी छ” बोलको आङ्खनो गीत डाउनलोड गर्दै आएका ब्युरोका डिएसपी ओम अधिकारीले बताए । डिएसपी अधिकारीका अनुसार  क्षेत्रीले आफनो स्वामित्वमा रहेका गीतहरु हजारौं प्रयोगकर्ताको नाममा डाउनलोड गरेका छन ।
क्षेत्रीले अहिलेसम्म उनको स्वामित्वमा रहेको ४९.२४४.११६.२२४ नम्बरको आइपी ठेगानाबाट एनटिसीको नम्बरमा प्रयोग हुने (सिआरबिटी), एनसेलको नम्बरमा प्रयोग हुने (पिआरबिटी) र खाडी मुलुकका मोबाइलमा प्रयोग हुने (आरबिटी) बाट गीतहरु डाउनलोड गरेको अनुसन्धानवाट भेटिएको छ ।
सीआरवीटी डाउनलोड गरेबापत गायक वा स्वामित्वकर्तालाई ३ रुपैया“ ७६ पैसा नाफा हुने गर्छ । गायक क्षेत्रीले २१ हजार पटक भन्दा बढी गीत डाउनलोड गरेको स्वीकार समेत गरिसकेका छन् ।

 

सम्बन्धित समाचारहरु

प्रतिक्रिया दिनुहोस्


Type what you see in picture below

प्रतिक्रियाहरु:

No feed back Yet...
जनमत

Loading...

अडियो

  • सुमधुर धुन