विद्या बालन विवादमा
Added: 2011 December 19

फिल्म ‘डर्टी पिक्चर’ मा मुक अभिनय सँगै चर्चामा आएकी अभिनेत्री विद्या बालन विवादमा फसेकी छिन् । हैदरावादको एक अदालतले उनले अश्लीलता फैलाएको ठहर गरेको छ । फिल्मको एक पोस्टरका माध्यमबाट अश्लीलता फैलाएको विद्यामाथि आरोप लागेको छ । साइ कृष्णा आजादले हालेको मुद्धामा नामपल्ली अदालतले यस्तो फैसला गरेकाे हो ।ष्टरमा विद्याले रातो रंगको ब्लाउज लगाएकी छिन् । अदालतले विद्या विरुद्ध फैसला गर्दै कारवाही गर्न प्रहरीलाई आदेश दिएको छ ।

प्रहरीले अदालतको फाइल प्राप्त हुनासाथ कारवाही अगाडि बढाउने जानकारी दिएको छ । अब विद्यासँग यसबारेमा सोधपुछ गरिने प्रहरीको भनाइ छ ।

दक्षिण भारतीय अभिनेत्री सिल्क स्मिताको जिवनकथामा आधारित डर्टी पिक्चरमा विद्याले निकै कामुक अभिनय गरेकी छिन् ।

यस्तो अभिनयका कारण कतिपयले विद्यालाई सफ्ट पोर्न स्टार समेत भन्न थालेका छन् ।

विद्याले यो फिल्म खेल्नका लागि १२ किलोग्राम वजन बढाएको बताइन्छ ।

सुपरहिट बनेको यो फिल्मले रिलिज भएको पहिलो हप्तामै ५० करोड भारु आम्दानी गरेको छ ।

सम्बन्धित समाचारहरु

प्रतिक्रिया दिनुहोस्


Type what you see in picture below

प्रतिक्रियाहरु:

No feed back Yet...
जनमत

Loading...

अडियो

  • सुमधुर धुन