'भैरे' गीत रिलिज वर्षासँग बुद्धि र विक्रान्तले कम्मर मर्काए
'भैरे' गीत रिलिज वर्षासँग बुद्धि र विक्रान्तले कम्मर मर्काए
Added: 2018 March 09

काठमाडौ-एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको चलचित्र 'भैरे'को पहिलो गीत रिलिज भएको छ । प्रेसमिट कार्यक्रमको आयोजना गरि निर्माण पक्षले चलचित्रमा समावेश ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको गीत रिलिज गरेको हो । 

बसन्त सापकोटाको शब्द र संगीत रहेको सार्वजनिक गीतमा यम बराल, बसन्त सापकोटा र मेलिना राईको स्वर रहेको छ भने अभिनेता द्वय विक्रान्त बस्नेत, बुद्धि तामाङ र अभिनेत्री वर्षा सिवाकोटी फिचर छन् ।  कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतलाई छायाँकार पुरुषोत्तम प्रधानले खिचेका छन् ।

प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी निर्माता रहेको चलचित्रमा करुणाकर घिमिरे, सविता गुरुङ र कुमार बस्नेत फिल्मका सह-निर्माता रुपमा छन् भने चलचित्रमा दयाहाङ राई, विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुरक्षा पन्त, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । बनिष शाहको सम्पादन रहेको चलचित्रमा सूर्य थोक्करको द्वन्द्व निर्देशन गरेका छन् ।

 

सम्बन्धित समाचारहरु