प्रदिपको 'लिलिबिली' ट्रेलर (भिडियो)
प्रदिपको 'लिलिबिली' ट्रेलर (भिडियो)
Added: 2018 March 07

काठमाडौ-नयाँ बर्षको अवसर पारेर चैत्र ३० गते बाट देशव्यापी प्रदर्शनमा आउन लागेको युवा स्टार प्रदिप खड्का अभिनीय बहुप्रतिक्षित चलचित्र 'लिलिबिली'को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन फ्री चलचित्रको ट्रेलर रिलिज गरिएको थियो ।

यस अघि चलचित्रमा समावेश गीत रिलिज भएपछी चलचित्रको चर्चा अझ बढेको थियो । ट्रेलर रिलिज भएपछी दर्शकले चलचित्रको ट्रेलर मन पराउनेमा निर्माण पक्ष विश्वस्त छ । सार्वजनिक ट्रेलरमा प्रेम,रोमान्स,द्वन्द को समिश्रण देख्न सकिन्छ भने चलचित्रका नायक प्रदिप खड्का र नव नायिका जसिता गुरुङको रोमान्स बीच अनुप बिक्रम शाही भिलेन को रुपमा प्रस्तुत भएका छन् ।

मिलन चाम्स निर्देशित चलचित्रमा प्रसिप,जसिता र अनुप संगै सविन श्रेष्ठ,प्रियंका कार्की, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

 

सम्बन्धित समाचारहरु