'मिस्टर भर्जिन' 'हे मेरी टुल्की' देउडा फ्लेवरको गीत रिलिज
'मिस्टर भर्जिन' 'हे मेरी टुल्की' देउडा फ्लेवरको गीत रिलिज
Added: 2018 February 20

काठमाडौं-वल्र्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.ली. ले निर्माण गरेको चलचित्र ‘मिस्टर भर्जिन’ को ‘टुल्की’ बोलको अडियो गीत सार्वजनिक भएको छ । मध्य तथा सुदूरपश्चिममा बोलिने देउडा भाषाको फ्लेवरमा तयार पारिएको गीतमा सुरज पण्डितको स्वर, शब्द र संगीत रहेको छ ।

प्रदर्शन मिति घोषणा नभएको यो चलचित्र १ करोड लागतमा निर्माण भएको छ । विशारद बस्नेत निर्देशित चलचित्रमा गौरव पहारी, मरिश्का पोखरेल, भोलाराज सापकोटा, कमलमणि नेपाल, विजय बराल, रविन्द्र झा, सिर्जना सुब्बा, लोकेन्द्र लेखक, सागर ढकाल, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

महेश दवाडीको कथा रहेको चलचित्रमा खिलेन्द्र तिमल्सिना, प्रजापती सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह-निर्मातामा सन्दिप उप्रेती रहेका छन् । चलचित्रमा रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत रहेको छ ।

 

सम्बन्धित समाचारहरु