‘पञ्चेबाजा’लाई पीजी सर्टिफिकेट
‘पञ्चेबाजा’लाई पीजी सर्टिफिकेट
Added: 2018 February 19

काठमाडौं-फाल्गुन ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘‘पञ्चेबाजा’’लाई सेन्सर बोर्डबाट 'पिजी सर्टिफिकेट' मिलेको छ । पछिल्लो समय गीत र ट्रेलर बाट आशा लाग्दो बनेको चलचित्र हेर्नको लागि अब १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा हेर्नु पर्नेछ ।

न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको ‘पञ्चेबाजा’ मा राजेश शाहीको लगानी छ भने चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका छन् । चलचित्रमा सौगात मल्ल,कर्मा,जस्मिन श्रेष्ठ,बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाही लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रदिप भारद्वाजको लेखन रहेको चलचित्रमा दीर्घ खड्काको सम्पादन, जेसन कुँवरको पार्श्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन छ भने सारा गुरुङ चलचित्रकी सह-निर्मात्री हुन् ।

सम्बन्धित समाचारहरु