'शत्रु गते'को फस्टलुक पोस्टर रिलिज
'शत्रु गते'को फस्टलुक पोस्टर रिलिज
Added: 2018 February 18

काठमाडौं-‘शत्रु गते’ लाई मह सञ्चारको ब्यनारमा निर्माण भएको चलचित्र ‘शत्रु गते’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।  पछिल्लो समय गीत संगीतको कारणले चर्चामा रहेको प्रतिक्षित चलचित्र ‘शत्रु गते’ को ३ पोस्टर सार्वजनिक भएका हुन् ।

किरण केसी प्रस्तुतकर्ता रहेको चलचित्रको सार्वजनिक पोस्टरमा हरिवंश आचार्य र दीपाश्री निरौला, दीपकराज गिरी र प्रियंका कार्की तथा पल शाह र आँचल शर्माको जोडी देखाइएको छ। चलचित्रको ठिम अनुशार पोस्टर बनाईएको चलचित्र निर्माण पक्षले जनाएको छ ।  

प्रदिप भट्टराई निर्देशित चलचित्रमा मदनकृष्ण श्रेष्ठ, शिवहरी पौडेल, किरण केसी, राजाराम पौडेल, बसुन्धरा भुषाल लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चैत्र ९ गते प्रदर्शनमा आउने ‘शत्रु गते’ को पटकथा निर्देशक भट्टराई र दीपकराज गिरीले तयार पारेका हुन् । चलचित्रमा दिर्घ गुरुङको छायांकन र मित्र गुरुङको सम्पादन रहेको छ भने चलचित्रको निर्मातामा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य रहेका छन् । 

सम्बन्धित समाचारहरु