'अनुराग'गीतमा एलिजा र सरोजको ठुमका
'अनुराग'गीतमा एलिजा र सरोजको ठुमका
Added: 2018 February 16

काठमाडौं-एलिजा गौतमको निर्माण तथा अभिनय रहेको चलचित्र ‘अनुराग’को पहिलो गीत रिलिज भएको छ । जेष्ठ  गते प्रदर्शनमा आउने चलचित्र ‘अनुराग’मा समावेश ‘कान्छा दाई’ बोलको गीत रिलिज भएको हो ।

सार्वजनिक गीतमा ताराप्रकाश लिम्बु र ममता गुरुङको स्वर रहेको छ भने गीतमा ताराको संगीत र ममताको शब्द रहेको छ । विक्रम स्वाँर कोरियोग्राफर रहेको गीतमा चलचित्रकी नायिका एलिजा गौतम र ‘कार्टुन क्रु’ का सरोज अधिकारी फिचरिंगमा छन् ।  

सत्यराज चौलागाई निर्देशित चलचित्रमा एलिजा गौतम संगै नव-नायक समुन्द्र पण्डित, ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको अभिनय रहेको छ । 

एलिजा फिल्मस् को ब्यानरमा निर्माण भएको ‘अनुराग’को निर्माताका रुपमा भरत गौतम र गीता भेटवाल रहेका छन् । किरण दाहालको कथा रहेको चलचित्रलाई रामकुमार केसीले खिचेका हुन् । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको चलचित्रका प्रस्तुतकर्ता ऋषिराज धमला हुन् ।

 

 

सम्बन्धित समाचारहरु