रिलिज अगावै स्वेताको'कान्छी'सुरक्षित
रिलिज अगावै स्वेताको'कान्छी'सुरक्षित
Added: 2018 February 15

काठमाडौं-फाल्गुन ४ गते अर्थात् भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको नायिका स्वेता खड्का निर्मित चलचित्र ‘कान्छी’ले प्रदर्शन अगावै आफ्नो लगानी सुरक्षित गरिसकेको छ । प्रचारसहित २ करोडको लगानीमा निर्माण भएको ‘कान्छी’ प्रदर्शन अगावै ब्रान्ड र डिजिटल तथा ओभरसिज राइटसबाट यसको लगानी सुरक्षित भएको हो ।

निर्माण पक्षका अनुशार ब्राण्ड पार्टनरबाट ८० लाख र डिजिटल र ओभरसिज राइट्सबाट १ करोड २२ लाख हात पारेको कान्छीले अब नेपालबाट गरेको व्यापार नाफा हुनेछ । नेपालमा कतिपय चलचित्रले लगानी पनि नउठाइरहेको बेला प्रदर्शन अगावै लगानी सुरक्षित हुनु कान्छीको लागि राम्रो सुरुवात पनि हो । 

आकाश अधिकारि निर्देशित चलचित्रमा  दयाहाङ राई, श्वेता खड्का, अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ भने स्वेता संगै शैलेश खड्का निर्माता रहेको चलचित्रमा रविन खड्का सह-निर्माताको रुपमा रहेका छन् ।

सम्बन्धित समाचारहरु