'भ्यालेन्टाइन डे'मा 'कोहलपुर एकास्प्रेस'को ‘अब मनसँग मन’(भिडियो)
'भ्यालेन्टाइन डे'मा 'कोहलपुर एकास्प्रेस'को ‘अब मनसँग मन’(भिडियो)
Added: 2018 February 14

काठमाडौं-बैशाख १४ गते प्रदर्शनमा आउने नायिका केकी अधिकारि निर्मित चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को रोमान्टिक गीत रिलिज भएको छ । 14 फेब्रुवरी अर्थात 'भ्यालेन्टाइन डे' को अवसर पारेर रिलिज गरिएको ‘अब मनसँग मन’ बोलको गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ भने अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ ।

गम्भीर बिष्टले कोरियोग्राफि गरेको गीतको भिडियोमा नायिका केकी अधिकारी र नायक विनोद न्यौपानेलाई फिचरिङ गरिएको छ । विशाल भण्डारीले निर्देशन गरेको चलचित्रमा केकी र विनोद संगै ऋचा शर्मा, प्रियंका कार्की, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरुको अभिनय रहेको छ भने चलचित्रको कथा निर्देशक भण्डारी आफैंले लेखेका हुन् । 

अर्जुन तिवारीको छायांकन रहेको चलचित्रमा केकी संगै भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को निर्माताका रुपमा छन । 

 

 

सम्बन्धित समाचारहरु