नेपालमा पनि सुरु हुने भयो बक्सअफिस
नेपालमा पनि सुरु हुने भयो बक्सअफिस
Added: 2018 February 13

काठमाडौं-चलचित्रको कुरा आउने बित्तिकै कस अफिसको कुरा जोडिएर आउछ । प्रदर्शन भएका चलचित्रको कमाई यतिनै भयो भनेर भन्न सक्ने अवस्था ऐले नेपालमा छैन यद्दपी चलचित्र युनिटले भने यति कमायो उति कमायो भनेर संचार माध्यमलाई बताएको पाईन्छ ।

लामो समयदेखि चर्चा र बहसमा रहदै आएको बक्सअफिस अब नेपालमा पनि लागु हुने भएको छ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बक्सअफिसको औपचारिक रुपमा उद्घाटन गर्दै नेपाली चलचित्र क्षेत्रलाई मर्यादित बनाउन बक्सअफिस अत्यन्त आवश्यक रहेको बताए । उनले भने, ‘यो क्षेत्रमा लाखौं व्यक्ति आश्रित छन् । उनीहरुको सम्मानका लागि पनि बक्सअफिस आवश्यक छ । नेपाली चलचित्र क्षेत्रलाई उद्योगको रुपमा स्थापित गराउन पनि बक्सअफिस लागू हुनै पर्छ ।’

मंगलवारबाट काठमाडौंको थापाथलीमा रहेको शिखर कम्प्लेक्स सुबिसु बिल्डिङमा नेपाली बक्सअफिस सिष्टमको ‘डाटा हब’ सञ्चालनमा आएको छ । कार्यक्रममा चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले फागुन १ गतेबाट देशभर बक्सअफिस लागू गर्ने गरि चरणबद्ध रुपमा काम सुरु गरिएको बताईंन । पौडेलले भनिन ‘फागुन ७ गते सम्ममा काठमाडौं उपत्यकाभित्र ई-टिकेटिङ सिष्टम जडान भइसकेका मल्टिप्लेक्स हल र केन्द्रीय सर्भरबीच लिंक गर्न आवश्यक पर्ने 'एपिआई' उपलब्ध गराउन र ई-टिकेटिङ जडान गर्न आवश्यक पर्ने बोर्डले उपलब्ध गराएको सूची अनुसार हार्डवेयर तथा नेटवर्किङ सम्बन्धि सामाग्री जडान गर्न पत्रचार गर्ने छौं ।’ अध्यक्ष पौडेलले वर्ष २०७४ चैत १५ गते भित्र काठमाडौं उपत्यकामा सम्पूर्ण ई-टिकेटिङ जडान भइसकेका मल्टिप्लेक्स हलहरुले चलचित्र विकास बोर्ड वा सफ्टवेयर परामर्सदातालाई आवश्यक पर्ने 'एपिआई' उपलब्ध गराउन पनि निर्देशन दिएकी छिन् ।

यस्तै कार्यक्रममा बोल्दै नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयले हल सञ्चालकका कारण वर्षौदेखि नेपालमा बक्सअफिस लागू हुन नसकेको कुरा गलत रहेको बताउदै ‘हामी हल सञ्चालकहरु चलचित्रको व्यापार पारदर्शी हुनुपर्छ भन्ने चाहन्छौं । हामीले बक्सअफिस लागू हुँदा विरोध गर्नु पर्ने कारण नै छैन ।’ उनले अब नेपालमा बक्सअफिस लागू भएरै छाड्ने दाबी गरे ।

सम्बन्धित समाचारहरु