शुशीलको ‘तुवाँलो’ पहिलो पोस्टर यस्तो देखियो
शुशीलको ‘तुवाँलो’ पहिलो पोस्टर यस्तो देखियो
Added: 2018 January 31

काठमाडौं-जिएस मुभि मेकर्सको निर्माण एवं लुम्बिनी मुभि मेकरको प्रस्तुतिमा बनेको चलचित्र ‘तुवाँलो’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । दिपक परियारको निर्देशन रहेको चलचित्रलाई गिरी प्रसाद सुनारले निर्माण गरेका हुन् ।

बैदेशिक रोजगार र दलित समुदाय भित्रको दलित र भेदभावको कथा बोल्ने चलचित्रमा शुशील क्षेत्री, पुजा पराजुली, रमेश आब्जु, सुरेन्द्र बराल, रस्मि भट्ट, गिरी प्रसाद सुनार, भिमसेन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रदर्शन मिति तय नभएको  चलचित्रमा गिरीप्रसाद सुनारसंगै भिमसेन श्रेष्ठ र रमेश आब्जुको निर्माण रहेको छ ।

सम्बन्धित समाचारहरु