'लिलिबिली' चैत्र ३० मै
'लिलिबिली' चैत्र ३० मै
Added: 2018 January 30

काठमाडौं-चैत्र ३० गते प्रदर्शन मिति तय गरेर छायांकन सुरु गरेको यस बर्षको प्रतिक्षित चलचित्र ‘लिलिबिली’ले सोहो मितिमा बलिवूडको प्रतिक्षित चलचित्र ‘२.०’प्रदर्शन हुने भनेपछि पोस्ट पोंड गरेर बैशाख २४ मा प्रदर्शन गर्ने तयारि निर्माण टिमले गरेको थियो ।

अन्तत ‘२.०’को पोस्ट पोंड भएपछी ‘लिलिबिली’ पुन: छत्र ३० मै फर्केको छ । अब चलचित्र ‘लिलिबिली’नया बर्षलाई लक्षित गरेर चैत्र ३० मा देशव्यापी प्रदर्शन हुने भएको छ ।

मिलन चाम्स निर्देशित चलचित्रमा फिल्ममा प्रदीप र जसिताका संगै प्रियंका कार्की, अनुप विक्रम शाही लगायतका कलाकारहरुको  अभिनय रहेको छ । काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी रहेको छ ।

सम्बन्धित समाचारहरु