इरानमा संचारकर्मी पक्राऊ
इरानमा संचारकर्मी पक्राऊ
Added: 2013 January 29

ईरानले विदेशी सञ्चारमाध्यमहरुमा काम गरिरहेका १३ जना ईरानी सञ्चारकर्मीलाई पक्राउ गरेको छ । पक्राउ परेका ७ पुरुष र ६ महिला सञ्चारकर्मी बीबीसी र भ्वाइस अफ अमेरिकाका रहेका बताइएको छ ।
बीबीसी र भ्वाइस अफ अमेरिकाले फारसी भाषामा ईरानी राष्ट्रपति मोहमद अहमदिनेजाद विरोधी कार्यक्रम चलाएको भन्दै उनीहरुलाई पक्राउ गरिएको इरानी अधिकारीहरुले बताएका छन् ।
बीबीसी र भ्वाइस अफ अमेरिकाको फारसी सेवाले ईरानमा सुरक्षाकर्मीका कारण मृत्यु भएकाहरुको परिवार तथा बिना कारण गिरफ्तारीमा परेकाहरुसँग साक्षात्कार गर्दै आएको छ ।
ईरानका सबै सञ्चार माध्यम र सञ्चारकर्मीहरुले भने पत्रकारको गिरफ्तारीले प्रेस स्वतन्त्रता हनन भएको भन्दै सरकारको विरोध गरेका छन् ।
 

सम्बन्धित समाचारहरु