भेनेजुयलाको जेलमा हिंसात्मक झडप, ५० जनाको मृत्यु
भेनेजुयलाको जेलमा हिंसात्मक झडप, ५० जनाको मृत्यु
Added: 2013 January 26

भेनेजुयलाको दक्षिण पश्चिमी भेगमा रहेको एक जेलमा हिंसात्मक झडप हुँदा कम्तीमा ५० जनाको ज्यान गएको छ । ९० जना घाईते भएका छन् ।

ज्यान गुमाउनेमा कैदी, सुरक्षा गार्ड र जेलका कर्मचारी रहेका बताईएको छ ।  स्थानीय सञ्चारमाध्यमले उरिबाना जेलमा हतियार खोजीका लागि सैनिक पठाइएको समाचार प्रशारण गरेपछि झडप भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भेनेजुयलाका जेल मन्त्री आईरीस भ्यारेलाले भने नियमीत जाँचका लागि जेलबाहिर निकाल्ने क्रममा कैदीले सुरक्षा गार्डमाथि आक्रमण गरेपछि झडप भएको दावी गर्नुभएको छ ।
 

सम्बन्धित समाचारहरु