भारतले ६४ औं गणतन्त्र दिवस मनायो
भारतले ६४ औं गणतन्त्र दिवस मनायो
Added: 2013 January 26

भारतले आज आफ्नो ६४ औं गणतन्त्र दिवस मनाएको छ । राजधानी नयाँ दिल्लीको राजपथमा राष्ट्रपति प्रणव मुखर्जीले राष्ट्रिय झन्डा फहराएर गणतन्त्र दिवस समारोहको उद्घाटन गर्नु भएको भारतिय सचरमाध्यमहरुले जनाएका छन् ।

दिवसको अवसरमा भारतको सैन्य क्षमता र अन्य सांस्कृतिक प्रस्तुती सहितको विशेष परेड प्रदर्शन गरिएको छ । विशेष परेड समारोहमा भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक प्रमुख अतिथिको रुपमा सहभागी हुनु भएको छ बताइएको छ ।गणतन्त्र दिवसका लागि नयाँ दिल्लीसहित मुख्य सहरहरुको सुरक्षा व्यवस्था कडा पारिएको छ । नयाँ दिल्लीमा मात्रै २५ हजार सुरक्षाकर्मी परिचालन गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
सुरक्षा व्यवस्था प्रभावकारी बनाउनका लागि समारोहस्थल आसपासमा १ सय ५० सीसीटीभी क्यामरा राखिएका छन् । २६ जनवरीकै दिन भारतमा संविधान जारी भएको थियो । सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समाजवादी लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनलाई भारतले गणतन्त्र दिवसको रुपमा मनाउँदै आएको छ ।
यता नेपालस्थित  भारतीय दुतावासले पनि काठमाडौंमा बिहान विशेष कार्यक्रम गरेको छ । 
 

सम्बन्धित समाचारहरु