बन्धक बनाएका आठ फिलिपिनोको मृत्यु
बन्धक बनाएका आठ फिलिपिनोको मृत्यु
Added: 2013 January 25

अल्जेरियाको सहारा मरुभूमिको इन अमेनासमा रहेको  ग्यास संयन्त्रमा बन्धक बनाएका आठ फिलिपिनोको  मृत्यु भएको फिलिपिन्सको सरकारी श्रोतले जनाएको छ ।

आक्रमणमा मारिएकाहरुको नाम प्रष्ट नभएको भएपनि सबै पुरुष भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

७२ घण्टासम्म चलेको सङघर्षमा १२ जना फिलिपिनोलाई जिवितै उद्धार गरिएको छ । घटनामा ३७ जना  विदेशी तथा अल्जेरियाली नागरिकको मृत्यु भएको पुष्टि यसअघिनै अल्जेरियाली सरकारले गरिसकेको छ ।

 

सम्बन्धित समाचारहरु