७ सय जनालाई बिना उजुरी हिरासतमा राखेको पाकिस्तानद्वारा स्वीकार
७ सय जनालाई बिना उजुरी हिरासतमा राखेको पाकिस्तानद्वारा स्वीकार
Added: 2013 January 25

पाकिस्तानले झण्डै ७ सय जनालाई बिना उजुरी हिरासतमा राखेको स्वीकारेको छ । उनीहरु सबैलाई अफगानिस्तानको सीमा नजिक रहेको आदिवासी क्षेत्रमा राखिएको बताईएको छ ।

पाकिस्तानले शंकास्पद आतंकवादीलाई मुद्धा नचलाइकनै हिरासतमा राखिएको पहिलो पटक स्वीकार गरेको हो ।
पाकिस्तानका महान्यायाधिवक्ता इरफान कादिरले अहिले चरमपन्थी विरुद्ध सैन्य कारवाही चलिरहेकाले कारवाही नरोकिएसम्म हिरासतमै राखिने बताउनुभएको छ ।

हिरासतमा राखिएका उनीहरुलाई कहिले पक्राउ गरेको र कहिले रिहा गरिने भन्नेबारे पाकिस्तानले केही नबताएको बीबीसीले जनाएको छ ।

पाकिस्तानको यो कदम गुप्तचर संस्था आइएसआईको कानुन विपरित भएकाले पाकिस्तान सरकारलाई समस्या समाधानका लागि निकै ठूलो चुनौती रहेको जानकारहरु वताउंछन् । 

मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले गएको डिसेम्बरमा पाकिस्तानले आफु खुसी थुप्रै नागरिकलाई हिरासतमा लिएको आरोप लगाएको थियो ।






 

सम्बन्धित समाचारहरु