उत्तर कोरियाले फेरी रकेट प्रक्षेपण गर्ने
उत्तर कोरियाले फेरी रकेट प्रक्षेपण गर्ने
Added: 2013 January 24

चौतर्फी आलोचना खेपिरहेको उत्तर कोरियाले तेश्रो चरणको रकेट प्रक्षेपण गर्ने घोषणा गरेको छ ।
सन् २००६ र सन् २००९ गरी दुई पल्ट सफल रकेट प्रक्षेपण गरिसकेको उत्तरकोरियाले तेश्रो चरणको रकेट प्रक्षेपण गर्ने घोषणा गरेको अन्र्ताष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । प्रक्षेपणका लागि सबै तयारी पूरा भएको र यो लामो दूरीको मार हान्न सक्ने क्षमता भएको रकेट हुने उत्तर कोरियाली अधिकारीहरुले बताएका छन् ।

उत्तर कोरियाले शान्ति प्रस्ताव भंग गर्न खोजेको आरोप सहित संयुक्त राष्ट्र सुरक्षा परिषदले नाकाबन्दीमा कडाई गरेको दुई दिनपछी उत्तर कोरियाले रकेट प्रक्षेपणको घोषणा गरेको हो ।
उसको यो घोषणाको अमेरिका लगाएत पश्चिमा राष्ट्रहरुले ब्यापक बिरोध गरेका छन् । यसअघि दक्षिण कोरियाले उत्तर कोरिया तेश्रो रकेट प्रक्षेपणको तयारीमा रहेको खुलासा गरेको थियो ।

 

सम्बन्धित समाचारहरु