महिलाको मुद्धा हेर्न भारतमा विशेष अदालत स्थापना
महिलाको मुद्धा हेर्न भारतमा विशेष अदालत स्थापना
Added: 2013 January 24

महिलाको मुद्धा हेर्न भारतको पश्चिम बंगालमा महिलाको मुद्धामा सुनुवाई गर्ने विशेष अदालत स्थापना गरिएको छ ।
विशेष गरी महिला विरुद्ध हुने अपराधको मुद्धामा सुनुवाई गर्ने गरी स्थापना गरिएको अदालतमा न्यायाधीश, सरकारी वकिल र सबै कर्मचारी महिला रहने भारतिय संचारमाध्यमहरुले जनाएका छन् ।
कोलकाता उच्च अदालतको आदेशमा विशेष अदालत स्थापना गरिएको हो । महिला माथि हुने अपराधसंग जोडिएका मामिला छिटो किनारा लगाउन र कानूनी कारवाहीका क्रममा महिलाको गोप्यता कायम राख्नका लागि अदालत स्थापना गर्नु अत्यावश्यक भएको उच्च अदालतको भनाई छ ।
विशेष अदालत स्थापना पछि खासगरी बलात्कार र यौन दुव्र्यवहार पीडित महिलालाई सहज हुने अपेक्षा गरिएको अन्र्ताष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

 

सम्बन्धित समाचारहरु