इराकमा बम बिस्फोट, १७ जनाको मृत्यु
इराकमा बम बिस्फोट, १७ जनाको मृत्यु
Added: 2013 January 23

इराकमा भएका छुट्टा छुट्टै बम बिस्फोटमा १७ जनाको मृत्यु भएको छ । राजधानी बगदादबाट करीब २० किलोमिटरको दुरीमा पर्ने ताजी भन्ने स्थानमा एक आत्मघाती हमलाकारीले गरेको कार बम बिस्फोटमा ७ जनाको मृत्यु भएको छ । बिस्फोटमा अन्य २४ जना घाईते भएका छन् ।

त्यस्तै पश्चिम बगदादको शिया बहुल क्षेत्रको एक व्यस्त वजारमा भएको अर्को बिस्फोटमा ५ जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन् ।
अर्को बिस्फोट बग्दादबाट ३० किलोमिटरको दुरीमा रहेको महमुदिया शहरमा सेनाको व्यारेक नजिकै भएको थियो ।  बिस्फोटमा परि २ सैनिक सहित ५ जनाको मृत्यु भएको छ । बिस्फोटमा १४ जना भन्दा बढि घाईते भएका छन् ।


 

सम्बन्धित समाचारहरु