बेलायतमा संयुक्त भोकमरी विरुद्धको अभियान शुरु गरिने
बेलायतमा संयुक्त भोकमरी विरुद्धको अभियान शुरु गरिने
Added: 2013 January 23

बेलायतमा १ सय भन्दा बढी विकास तथा सहायता संगठनले संयुक्त रुपमा भोकमरी विरुद्धको अभियान शुरु गर्ने भएका छन् ।
भोकमरी सधैंका लागि अन्त्य गर्ने उदेश्यले ‘सबैका लागि पर्याप्त खाना’ नाम दिइएको अभियानको आज शुरुवात गर्न लागिएको हो । अक्सफाम, सेभ द चिल्ड्रेन, क्रिश्चियन एड लगायतका संगठन अभियानमा आबद्ध छन् ।
धनी राष्ट्रहरुको समूह जी एट को अध्यक्षता गरिरहेका बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनलाई विश्वव्यापी भोकमरी अन्त्यका लागि पहल थाल्नका लागि लबिङ स्वरुप अभियान शुरु गर्न लागिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्
 

सम्बन्धित समाचारहरु