राजसंस्थाको अपमान गरेको अभियोगमा सम्पादकलाई १० वर्ष जेल
राजसंस्थाको अपमान गरेको अभियोगमा सम्पादकलाई १० वर्ष जेल
Added: 2013 January 23

राजसंस्थाको अपमान गरेको अभियोगमा थाईल्याण्डमा एक पत्रिकाका सम्पादकलाई १० वर्षको जेल सजाय सुनाइएको छ ।
थाईल्याण्डको एक पत्रिकाका सम्पादक सोमयोत प्रुसाकासेमासुकमाथि राजा भुमिबोल अुदुल्यादेजविरुद्ध दुई लेख छापेको अभियोगमा गत वर्ष थाई सरकारले पक्राउ गरेको थियो ।
उनीमाथि राजा र राजसंस्थाको विरुद्ध लेखेको साथै थाईल्याण्डमा भएको रेड टिसर्ट आन्दोलनलाई प्रश्रय दिएको अभियोग लगाइएको छ ।
सन् २०१० मा प्रकाशित लेखका आधारमा उनलाई एक बर्षअघि थाइल्याण्ड सरकारले पक्रेकोमा एक बर्षपछि उच्च अदालतमा सुनुवाई भएको हो ।
सोमयोतलाई १० वर्षको जेल सजायँ दिएकोमा युरोपियन युनियन र विभिन्न मानवअधिकारबादी संस्थाहरुले भने खेद ब्यक्त गरेका छन् ।
यो कदम प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भन्दै उनीहरुले गलत निर्णय सच्याउन थाई सरकारसँग माग समेत गरेका छन् ।
 

सम्बन्धित समाचारहरु