हरियाणाका पूर्व मुख्य मन्त्री चौटालालाई १० वर्षको जेल सजाय
हरियाणाका पूर्व मुख्य मन्त्री चौटालालाई १० वर्षको जेल सजाय
Added: 2013 January 22

भारतस्थित नयाँ दिल्लीको एक अदालतले हरियाणाका पूर्व मुख्य मन्त्री ओमप्रकाश चौटालालाई १० वर्षको जेल सजाय सुनाएको छ ।
१३ वर्ष अघि अवैध ढंगले शिक्षक नियुक्तिमा भष्टाचार गरेको विषयमा दोषी ठहर गर्दै अदालतले चौटाला सहित ५३ जनालाई सजाय सुनाएको हो । चौटालाका छोरा अजय, पूर्व सचिव विद्याधर, भारतीय प्रशासनिक सेवाका पूर्व वरिष्ठ अधिकारी सञ्जीकुमार सहित ९ जनालाई १०–१० वर्षको जेल सजाय सुनाइएको भारतिय संचारमाध्यमहरुले जनाएका छन् ।
सन् २००० मा मुख्यमन्त्री हूँदा ओमप्रकाश चौटालाले पैसा लिएर नाम फेरबदल गरी आफू निकटका व्यक्तिलाइ शिक्षक नियुक्त  गरेको आरोप थियो ।
यसैबिच अदालतको फैसला विरुद्ध चौटालाका समर्थकहरुले अदालत बाहिर प्रदर्शन गरेका थिए ।

सम्बन्धित समाचारहरु