युद्ध अपराधको आरोपमा बंगलादेशका धार्मिक नेतालाई फाँसी
युद्ध अपराधको आरोपमा बंगलादेशका धार्मिक नेतालाई फाँसी
Added: 2013 January 21

बंगलादेशको युद्ध अपराध अदालतले एक जना धार्मिक नेतालाई फाँसीको सजाय सुनाएको छ । सन् १९७१ मा भएको स्वतन्त्रता संग्रामका बेला मानवता विरोधी अपराध गरेको ठहर गर्दै मौलाना अब्दूल आजादलाई फाँसीको सजाय सुनाइएको हो ।

स्वतन्त्रता संग्रामका बेला आजादले ६ जना हिन्दूको गोली हानेर हत्या गरेको र महिलालाई बलात्कार गरेको अभियोगमा अदालतले आजादलाई दोषी ठहर गरेको हो । तीन वर्ष अघि बनेको युद्ध अपराध सम्बन्धी अदालतले गरेको यो पहिलो फैसला हो ।
 

सम्बन्धित समाचारहरु