भारतमा उस्तै बलत्कारको घटना
भारतमा उस्तै बलत्कारको घटना
Added: 2013 January 21

भारतको चण्डीगढमा नर्सको अन्तरवार्ता दिन गएकी युवतीको सामूहिक बलात्कार भएको छ । दुई दिनसम्म सामूहिक बलात्कार पछि यूवाहरुले भिडियो समेत बनाएका छन् ।

ती युवती नसिर्ङको पढाई सकेर जागिरको खोजीमा थिइन् । चण्डीगढको मुकुट अस्पतालमा नर्सको पोष्ट खाली भएको थाहा पाएपछि उनी जनवरी १८ मा अन्तरवार्ता दिन मोगाबाट चण्डीगढ पुगेकि थिइन् । बस स्टप रहेकि उनलाई केही युवाहरुले  जबरजस्ती एक कारमा राखेर बेहोस बनाउने इन्जेक्सन दिएर उनलाई अज्ञात स्थलमा लगेर बलत्कार गरेको बताइएको छ ।

शनिबार विहान होस खुल्ला बन्द कोठामा रहेकि उनको  बलात्कार भइससकेको बताइएको छ । होस खुलेको केहीबेरमा युवाकहरु आएर फेरि बलात्कार गर्दै मोबाइलमा भिडियो खिचेको भारतीउ संचारमाद्यमहरुले जनाएका छन् ।

त्यसपछि बठिंडा–बलवाली रोडमा गुडिरहेको कारबाट उनलाई सडकमा फोलेर तीन युवक फरार भएका बताइएको छ ।

 

सम्बन्धित समाचारहरु