दोश्रोकालका लागि अमेरिकी राष्ट्रपति ओबामाद्वारा सपथ ग्रहण
दोश्रोकालका लागि अमेरिकी राष्ट्रपति ओबामाद्वारा सपथ ग्रहण
Added: 2013 January 21

माघ ८ गते, काठमाण्डौ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो दोश्रो कार्यकालका लागि सपथ लिनु भएको छ ।राष्ट्रपति कार्यालय ह्वाईट हाउसमा भएको एक कार्यक्रममा सर्वोच्च अदालतका मुख्य न्यायाधीश जोन रोर्बट्सले राष्ट्रपति ओबामालाई दोश्रो कार्यकालका लागि सपथ ग्रहण गराउनु भएको अन्र्ताष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन । सपथ ग्रहणको अवसरमा वासिङगटन गरिएको विशेष सार्वजनिक समारोहमा हजारौँ नागरिकको सहभागी  हुने अपेक्षा गरिएको अन्र्ताष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।


राष्ट्रपति ओबामाले पहिलोपल्ट सन् २००९ मा सपथ लिदा आयोजना गरिएको समारोहमा झण्डै २० लाख नागरिक सहभागी भएका ति संचारमाध्यमहरुले उल्लेख गरेका छन् । अमेरीकाको राष्ट्रपतिमा पुन निर्वाचित हुनु भएका ओबामाले हिजो औपचारीक रुपमा औपचारीक सपथ ग्रहण गरेर पदभार सम्हाल्नु भएपनि आज भव्य कार्यक्रम गरी पुन सपथ ग्रहण गर्न लाग्नु भएको हो ।

हिजो आइतवार अमेरीकामा सार्वजनिक विदा परेकाले सानो समारोह गरी ओबामाले सपथ ग्रहणको औपचारीकतामात्र पुरा गर्नु भएको थियो । यस अघिको कार्यकालमा दुइ पटक सपथ ग्रहण गर्नु भएका ओबामाले आफ्नो कार्यकाल अवधिमा ४ पटक सपथ लिने सातौ राष्ट्रपति हुनुहुन्छ  ।

सम्बन्धित समाचारहरु