नक्कली पत्रकारलाई ३० वर्ष जेल सजाय
नक्कली पत्रकारलाई ३० वर्ष जेल सजाय
Added: 2013 January 19

निकारागुवामा मेक्सिकन टेलिभिजनका पत्रकार भएको भन्दै ९२ लाख अमेरिकी डलर लिएर निकारागुवा प्रवेश गर्न खोज्ने १८ जना नक्कली पत्रकारलाई जनही ३० वर्षको जेल सजायँ सुनाइएको छ ।

उक्त समुहकी नाइके एक महिलाले भने ३५ वर्षभन्दा बढी जेल सजायँ भोग्नुपर्नेछ । निकारागुवाको अदालतले उनीहरु मनी लाउन्ड्रिङ र लागु औषध गतिविधिमा संलग्न रहेको आरोपमा यो फैसला सुनाएको हो ।  उनीहरुले भने आरोप अस्वीकार गरेका छन् ।

गत अगष्टमा अमेरिकी डलर र ६ वटा भ्यानमा कोकिन लिएर निकारागुवा छिर्दै गर्दा उनीहरु पक्राउ परेका थिए । उनीहरुले केही भ्यानमा मेक्सिकोको टेलिभिजन नेटवर्कको लोगो टाँसेका थिए ।
 

सम्बन्धित समाचारहरु