म्यानमारमा सञ्चालित शैन्य अभियान स्थगित
म्यानमारमा सञ्चालित शैन्य अभियान स्थगित
Added: 2013 January 19

म्यानमार सरकारले उत्तरी कचिन राज्यमा विद्रोही विरुद्ध सञ्चालित शैन्य अभियान स्थगित गरेको छ ।  संसदको आह्वान लगत्तै म्यानमार सरकारले स्थानीय समय अनुसार आज बिहान ६ बजेदेखि सबै सैन्य अभियान रोकिएको घोषणा गरेको हो ।

सरकारले विद्रोही विरुद्ध कुनै पनि सैन्य कारवाही नगर्ने तर आक्रमण भए प्रत्याक्रमण गर्ने योजना बनाएको छ । विद्रोहीसंग विगत डेढ बर्ष यता जारी संघर्षका क्रममा म्यानमारको सरकारी सेनाले गएको महिनादेखि विद्रोही विरुद्ध हवाई आक्रमण थालेको थियो ।

हवाई आक्रमणमा आम नागरिकको ज्यान गएको भन्दै अन्र्तराष्ट्रिय समुदायले आलोचना गरेपछि सरकारले सैन्य अभियान रोक्ने घोषणा गरेको हो ।
म्यानमारको उत्तरी कचिन राज्यमा कचिन स्वतन्त्र आर्मी नामक विद्रोही समूहले सरकार विरुद्ध सशस्त्र संघर्ष गर्दै आएको छ । १७ वर्ष लामो युद्धविराम सन २०११ को मध्यबाट भंग भएपछि दुवै पक्षबीच भीषण संघर्ष हुँदै आएको छ ।
 

सम्बन्धित समाचारहरु