सिरियामा नरसंहारको प्रमाण फेला पर्‍यो
सिरियामा नरसंहारको प्रमाण फेला पर्‍यो
Added: 2013 January 19

सिरियामा भएको नरसंहारको प्रमाण फेला परेको बीबीसीले जनाएको छ । हास्वियन गाउँको एक घरमा भएको उक्त  नरसंहारमा सयौं मानिसको जलाएर हत्या गरिएको बिबिसिले उल्लेख गरेको छ ।
सरकारी गोप्य श्रोतका अनुसार सबै मृतकको शव त्यहाँबाट अन्यत्र लगि सकिएको छ । सरकारी सेनाले घटनाको दोष इस्लामिक सैन्यदस्तामाथि लगाएको छ भने प्रत्यक्षदर्शीले सो घटना सरकारी सेनाले गराएको बताएका छन् ।
सिरियामा गरिएको पछिल्लो अनुसन्धानले त्यहाँको जानकारी लिन पुगेका दुई सञ्चारकर्मी पनि मारिएको खुलासा गरेको छ । राष्ट्रपति बशर अल असदको अधिनायकवादी शासन सत्ताविरुद्ध  संघर्षमा उत्रिएका ६० हजारभन्दा बढी सर्वसाधारण विद्रोहका क्रममा मारिएको राष्ट्रसंघले बताएको छ ।
 

सम्बन्धित समाचारहरु