इजिप्टमा रेल दुर्घटना, १९ सैनिकको मृत्यु
इजिप्टमा रेल दुर्घटना, १९ सैनिकको मृत्यु
Added: 2013 January 15

इजिप्टमा सैनिक रेल दुर्घटना हुँदा १९ जना सैनिकको ज्यान गएको छ भने  १ सय ३ जना सेना घाइते भएका छन् । 

राजधानी कायरोबाट गाँजा क्षेत्रको बदरासिनतर्फ गइरहेको रेल दुर्घटना  भएको हो । इजिप्टमा अधिकांश रेलमार्ग र सडकहरु जीर्ण रहेकाले दुर्घटनामा परी बर्षेनी सयौको ज्यान जाने गरेको छ ।

गत इजिप्टमा गत नोभेम्बरमा भएको सडक दुर्घटनामा ५० जना बालबालिकाको मृत्युभएपछि यातायातमन्त्रीको राजीनामा माग गर्दै देशभर प्रदर्शन भएको थियो ।
 

सम्बन्धित समाचारहरु