अमेरीकी विदेशमन्त्री हिलेरी क्लिन्टन चीनको भ्रमणमा
अमेरीकी विदेशमन्त्री हिलेरी क्लिन्टन चीनको भ्रमणमा
Added: 2012 May 03

अमेरीकी विदेशमन्त्री हिलेरी क्लिन्टन चीनको भ्रमणमा रहेकी छिन् । भ्रमणको क्रममा वेजिङमा चीनका उच्च अधिकारीहरुसँग अर्थव्यवस्था तथा विदेशी सम्वन्धको विषयमा छलफल भएको वीवीसीले जनाएको छ ।
क्लिन्टनले सभामा सम्वोधन गर्दै चीन तथा अमेरीकाले संसारका सवै समस्या समाधान गर्न नसकेपनि उनीहरुको साहायता विना काम हुनेमा संका व्यक्त गरिन् ।
हिलेरिको भेटवार्ताको क्रममा चीन सरकारका विरोधी मानिएका चेन ग्वाङगचेनको विषयले पनि चर्चा पाएकेा वताइएको छ । दृष्टिविहिन चेन नजरवन्दमा रहेको आफ्नो घरवाट भागेर चीन स्थित अमेरीकी दुतावासको शरणमा पुगेका थिए । हालै उनले परिवारको ख्याल राख्दै दुतावास छोडेपनि चीननै छोड्न चाहेको वताएका छन् ।
 

सम्बन्धित समाचारहरु