उत्तर प्रदेश विधानसभा चुनाव अन्तर्गत पहिलो चरण्ँको मतदान जारी
Added: 2012 February 08

 भारतको उत्तर प्रदेश विधानसभा चुनाव अन्तर्गत पहिलो चरण्ँको मतदान जारी रहेको छ । गएराती  देखि निरन्तर पानी परिरहेका कारण मतदान केन्द्रमा मतदाताहरुको उपस्थिती  पातलो रहेको भारतीय सन्चारमाध्यमले जनाएका छन् ।

 
पहिलो चरण्ँ अन्तरगत उत्तर प्रदेश राज्यका १० जिल्लाका ५५ सिटमा मतदान भएको हो । ८ सय ६२ उम्मेदवारका लागि १ करोड ७० लाख ४४ हजार ५ सय ६१ मतदाताले मतदान गर्दैछन् । 
 
चुनावमा सुरÔाका लागि २ लाख भन्दा बढी सुरÔाकर्मी तैनाथ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सरकारले २ हजार भन्दा बढी मतदान स्थललाई संवेदनशील र ३ हजार भन्दा बढी मतदान स्थललाई अति संवेदनशील घोÈण्ाँ गरी उच्च सुरÔा सतर्कता अपनाईएको बताएको छ ।
 
बलरामपुर, गोण्डा, सिद्धार्थनगर लगायतका निर्वाचन क्षेत्रमा दोहोरो नागरिकता रहेका कारण मत परिणाम उलटपुलट हुनसक्ने कतिपयले टिप्पणी गरेका छन् । उनीहरुले नेपाली सिमाबाट अवैध रुपमा हातहतियार समेत भारत लगिन सक्ने टिप्पणी गरेका छन् ।
 
चुनावकै कारण्ँ नेपालस“गको सीमा सोमवार देखि आज बेलुका ७ बजेसम्मका लागि बन्द गरिएको छ ।
सम्बन्धित समाचारहरु

प्रतिक्रिया दिनुहोस्


Type what you see in picture below

प्रतिक्रियाहरु:

No feed back Yet...
जनमत

Loading...

अडियो

  • सुमधुर धुन