आधाआकाशमा साहना प्रधान
आधाआकाशमा साहना प्रधान
Added: 2012 November 10

नेपालको इतिहासमा एउटा संघर्षशिल नाम हो साहना प्रधान । राणा शासनका विरुद्ध कसिलो मुठ्ठी उठाउंदै नेपाली कम्युनिष्ट आन्दोलनमा समाहित भएकी प्रधान अहिले जीवनको उत्तर्राद्धमा बेखवर जीवन बाचिरहनुभएको छ । राणा, पंञ्चायत र निरंकुश राजतन्त्रका विरुद्धमा भएका सबैखाले ऐतिहासिक आन्दोलनको साक्षी र हस्ताक्षर हुन् साहना प्रधान ।
लामो समय वाम आन्दोलनको नेतृत्व गरेकी नेकपा एमालेकी नेतृ साहना प्रधान अहिले घरमै आरम गरिरहनुभएको छ । एक बर्षदेखि सक्रिय राजनीतिबाट बेखवर रहेकी प्रधानलाई भेटनको लागि नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु घरमै जान थालेका छन् । आमा रम्भादेवी प्रधान र बुबा शंकरलाल प्रधानको कोखबाट विक्रम सम्वत १९८४ साल असार २७ गते काठमाडौंको असनमा जन्मनु भएकी साहना प्रधान सानै उमेरदेखि विद्रोही स्वभावको हुनुहुन्थ्यो । । तीन बर्षको हुंदा क्षयरोगका कारण आमाको निधनपछि प्रधानकी हजुरआमाले उनको जिम्मेवारी लिएकी थिइन ।
पांच बर्षको हुंदा व्यापारको शिलसिलामा उनको सपरिवार बर्मा गएपछि बर्मामा नै प्रधानले विभिन्न स्कुलमा कक्षा छ सम्मको अध्ययन गर्नुभयो । उनी १३ बर्षको हुंदा बर्मामाथि सामा्रज्यवादीहरुले आक्रमण गरेको कारणले गर्दा युद्ध भडकियो । बर्मामा असुरक्षित महशुस गर्दै प्रवासी नेपालीहरु फर्कने क्रमसंगै उहाको परिवार पनि बर्माबाट नेपाल फर्कियो ।
नेपाल आएपछि प्रधानको दाजु र भाइलाई पढ्नको लागि स्कुल पठाइयो भने दिदीबहिनीहरुलाई भने घरमै पढ्न लगाइयो । त्यसबेला छोरीहरुलाई स्कुल पठाउने बाहिरि हडिडुल गर्न र समाजमा पनि छोरीहरुले पढ्न हुंदैन भन्ने संस्कारको कारणले गर्दा राज्यपक्षबाट पनि सहज वातावरण नभएको उहाको अनुभव रहेको छ । मनमा दृढ इच्छा शक्ति भयो भने बगेको झरना पनि फर्काउन सकिन्छ भन्ने मान्यताको साथ प्रधानले घरमै मेहनत गरेर एसएलसी पास गर्नुभयो । एसएलसी पास भएपछि पढ्नको लागि भारतको लखनउ जानुभयो र लखनउमा प्रधानले आइए र विए पास गर्नुभयो । नेपाल फर्किए लगत्तै विभिन्न स्कुलहरुमा पढाउदै उहांले आफ्नो अध्ययनलाई अगाडी बढाउदै एमए पास गर्नुभयो । प्रधानको राजनीतिक यात्राको सुरुवात नेपालमा कम्युनिष्ट पार्टीको स्थापना हुनु अगाडी एक अति गोप्य रुपमा गठन गरिएको एक साम्यवादी समुहमा संगठित भएको बताइने गरेको छ । भारतमा बस्दा प्रधानले भारत छोड आन्दोलन देख्नुभएको थियो त्यसैले त नेपालमा पनि राणाहरुको विरुद्ध नेपाल छोड आन्दोलन गर्नुपर्छ भन्ने भावनाले मनमा दह्रो डेरा जमाइसकेको थियो । सोही अनुरुप २००४ सा बैसाक १७ गते राणा शासनको विरुद्धमा भएको नागरिक आन्दोलनमा प्रधानलाई पांच सय पर्चा लेख्न लगाइएको थियो र पर्चाहरु छर्ने क्रममा त्रि चन्द्र क्याम्पसमा भाषण गर्ने क्रममा उनी पक्राउ पर्नुभयो । जेलबाट तत्कालिन प्रधानमन्त्री पद्यम शम्शेरलाई लैजार्दा प्रधानले महिलाहरुले पनि शिक्षा पाउनु पर्ने माग राख्नुभएको थियो । त्यसै अनुसार कसैसंग नझुक्ने प्रधानमन्त्री पदम शम्शेरले १५ दिनभित्रमा व्यावस्था गर्ने आवश्वासन दिएका थिए । आश्वासनपछि तत्कालिन अवस्थामा दरवार स्कुलमा पदम कन्या स्कुल प्राथमिक शिक्षाको स्थापना गरिएको थियो । ००४ सालमा जेलमा बस्दा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठसंग चिनजान भएको थियो । देशमा राणा शासनको विकविकी थियो । जनताहरु दमन शोषणको विरुद्ध जागि सकेको थिए । २००७ सालमा प्रधानले पार्टीको सदस्यता प्राप्त गर्नुभयो । २००८ सालमा पार्टी जिल्ला समितिको सदस्यता प्राप्त गनुभएको भयो र महिला विद्यार्थी युवा गरी तीन वटा संगठन हेर्ने जिम्मेवारी पाउनुभएको थियो. । २०१५ सालमा भएको आम निर्वाचजनमा चुनाव प्रचारप्रसारमा सक्रियतापूर्वक लाग्नुभयो । ०१८ सालमा प्रधानले एमए पास गर्नुभयो र पदम कन्या कलेजमा प्राध्यापन पेशा गर्नु थाल्नुभयो । प्राध्यापनसंगै भूमिगत रुपमा पार्टीको काममा सक्रिय हुनथाल्नुभयो । राजनीतिमा लागेको आरोप लगाउदै तत्कालिन सरकारले प्रधानलाई २०३२ सालमा पदम कन्या क्याम्पसबाट निष्कासन गर्‍यो । त्यसपछि नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल समुहको नेतृत्वमा रही रिाजनीतिक गतिविधिमा सक्रिय हरनुभयो । २०३६ सालमा भएको जनमत संग्रहमा बहुदलको प्रचारमा सक्रियतापूर्वक लाग्नुभयो । २०४६ सालको संयुक्त जनआन्दोलनमा वामपन्थीहरुका तर्फबाट बाम मोर्चाका अध्यक्ष भई आन्दोलनको नेतृत्व गनुभयो भने पुष्पलाल समुहको नेतृत्व सम्हाल्नु भएको थियो । ०४८ सालमा नेपाल कम्युनिष्ट माले र माक्र्सवादी एकीकरण हुंदा प्रधान नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य हुनुभयो । ०४९ सालमा भएको पार्टीको पाचौ महाधिवेसनपमा केन्द्रीइ सदीइ एवं पोलिटब्युरो सदस्यको रुपमा जिम्मेवारी पाउनुभयो । ०५४ मा भएको छैठौ महाधिवेसनपछि पार्टी विभाजित हुंदा प्रधान नेपाल कम्युनिष्ट पार्टी मालेको अध्यक्ष हुनुभयो । ०५८ सालमा माले र एमाले पुन एकीकरण भएर नेकपा एमाले भयो । ०५९ सालमा भएको पार्टीको सातौ महाधिवेसनबाट केन्द्रीय सदस्य तथा स्थायी समितिको सदस्यको रुपमा जिम्मेवारी पापउनुभयो । ०६५ मा भएको पार्टीको आठौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो ।
महिला आन्दोलनको क्षेत्रमा पनि प्रधानका उल्लखनिय भूमिका रहेको छ । २००४ साल साउन २२ गते नेपाल महिला संघको स्थापना गरिएको थियो । महिला संघमा ६३ जना महिलाहरुको सहभागीता रहेको थियो । मंगलादेवी सिंहको अध्यक्षतामा २५ सदस्य समीती गठन गरिएको थियो ।
२०४७ सालमा अन्तरिम मन्त्री परिषद्मा उद्योग मन्त्री ,२०५३ सालमा महिला बालबालिका तथा समाजकल्याण मन्त्री त्यसैगरी ०६२/०६३ सालमो जनआन्दोलन सफल भएपछि ०६४ सालको सरकारमा उपप्रधानसहित परराष्ट्र मन्त्री बन्नुभयो ।
पटक पटक जेल जीवन पर्नुभएकी प्रधान २००४ सालमा नागरिक अधिकार आन्दोलनमा १६ दिन हिरासतमा पर्नु भएको थियो । २००८ सालमा जनरल केशर शम्शेर आदी रहेको परामर्शदाता सरकार बनाइएको थियो । राजा त्रिभुवनले सो कदमप्रति कम्युनिष्ट पार्टीले विरोध गर्‍यो र सो विरोध सभामा बेल्दा उहा पनि जेलमा पुर्नुभएको थियो । त्यसैगरी २०४२ सालमा पनि जेल जीवन विताउनुभएको थियो । २०४६ साल फागुनमा २३ दिन जेल पर्नुभयो । ०६२/०६३ को जनआन्दोलनमा पटक पटक गरी हिरासत नजरबन्दमा पनि पर्नुभएको थियो।
लामो समय राजनीतिमा सक्रिय रहेकी सहाना प्रधान अहिले राम्रोसंग हिडडुल गर्न नसकने अवस्थामा रहेकी छिन् । तीन पटक मन्त्री बनेकी प्रधानले नेपालको राजनीतिमा खेलेको भूमिका महत्वपूर्ण मानिने गरेको छ । २००४ सालमा महिलाहरुलाई पनि शिक्षा दिनु पर्छ भन्ने माग राख्दै प्रधान लगायतका चार जना महिलाले १५ दिनसम्म आमरण अनशन बसेका थिए । मृत्युसंग नझुक्ने प्रधानहरुका सामू कसैसंग नझुक्ने भनिएका तत्कालिन राणा प्रधानमन्त्री झुकेका थिए । प्रधानमन्त्री पद्यम शम्सेर राणाले महिलाहरुले पढन् पाउने आश्वसन दिन बाध्य भए । त्यसैबेलादेखि नै अधिकार मागेर पाइदैन खोसेर लिनुपर्छ भन्ने मान्यता राख्दै प्रधानले राजनीति थाल्नुभएको हो । नेपालको पहिलो राष्ट्रपतिका रुपमा उहाको नाम चर्चामा रहेपनि एमालेले अर्कैलाई उम्मेदवार बनाएपछि प्रधानको सम्भावना टरेको थियो । लामो संघषशील राजनीतिक जीवन विताएकी बयोवृद्ध प्रधान अहिले अशक्त हुनुहुन्छ । आफ्नो जीबनको प्रवाह नगरी, रुढीवादी समाजका मूल्यमान्यताको वास्ता नगरी आम नेपाली नारी र समाजको रुपान्तरणका लागि मृत्युसंग पैठेजोरी खेल्ने साहना प्रधानजस्ता वीर नेपाली चेलीलाई हाम्रो सलाम ।।।

सम्बन्धित समाचारहरु