आधा आकाशमा शुष्मा राजभण्डारी
आधा आकाशमा शुष्मा राजभण्डारी
Added: 2011 August 12

 आधा आकाशमा शुष्मा राजभण्डारी

……………….शुस्मा श्रेष्ठ

 

एउटा कलाकारको सोच र सीपबाट रगंले कोरिएका चित्रहरुले विभिन्न बिषयलाई प्रतिबिम्बित गरिरहेका हुन्छन् । चित्र प्रतिरुचि राख्ने हरेकले कलाकारको कला हेरेर आफनै कल्पनामा रमाउन सक्दछन् । तर त्यो चित्रको वास्तविकता र भाव सबैले बुdm्न सक्दछन् भन्ने पनि हुदैन । कलाकार शुष्मा राजभण्डारीका धेरैजसो चित्रमा गणेशका विविध स्वरुपहरुको झलक देख्न सकिन्छ ।

उनमा भएको यो प्रतिभाले जन्म लिएको बाल्यकालदेखि नै हो । उनको प्रतिभा देखेर परिवारले सानैमा रगं सगँ नजिक हुने मौका दिएका हुन् । शुकदेव र कृष्णप्यारी राजभण्डारीको पाचँ सन्तान मध्ये तेस्रो सन्तान शुष्माको २०२९ सालमा जन्म भएको हो ।

 

सानै देखिनै घरमा आफना बाबु बाजेले भित्तामा सजाएर राखेका विभिन्न कलाकारको कला देखेर उनलाई पनि यसप्रति dmुकाव बढेको हो । नयाँ नौला बिषयप्रति सधै जिज्ञासु स्वभाव थियो उनको । आत्मा देखिनै राजभण्डारीको लगाव नै चित्रकलामा छ । जीवनमा आत्मसन्तुष्टि आफूले बनाएका चित्रहरुबाटै मिलेको छ उनलाई । त्यसैले आफूले बनाएका मनपरेको चित्रहरु उनको लागि अमूल्य छन् । चाहे जतिनै मोल तोकेर कसैले लिन खोजे पनि उनले आफनो ती चित्रहरुलाई समालेर राखेकी छिन् ।

 

साधारणतया चित्रहरु एउटा क्यानभासमा रगंको संयोजनबाट ब्रसको सहायताले कोरिन्छन् । तर राजभण्डारीको कला बालुवामा, नेपाली कागजमा र अdm ब्रसले मात्र सिमित नभई चक्कुका सहायताले बनेका छन् । गर्छ् भनेर अठोट लिएका कुरालाई पूरा गर्न सधै तत्पर कलाकार शुष्मा राजभण्डारीले जुन बिषयमा लगाव थियो त्यहि बिषयमा आफूलाई निपुण बनाउन अध्ययनको बिषय पनि चित्रकलालाई नै बनाइन् ।

विजनेस च्याम्वर अफ कर्मस,कलाकार समाज,महिला कलाकार समुहमा आवद्घ हनुको साथै उनी ललितकला एकेडेमीको प्राज्ञ सभासद पनि हुन । उनी आफू त चित्रकलाको संसारमा रमाएकी छिन नै साथै यस विषयलाइृ राज्ने धेरैलाई अझ निपुण हुन मद्घत गरिरहेकी छिन् विभिन्न कलेज र स्कूलहरुमा उनले यस विषयमा अध्यापन गर्राई रहेकी छिन ।

 

अहिले सम्म ११ औ पटक एकल चित्रकला पर््रदशनी गरिसकेकी राजभण्डारीले समूहमा मिलेर त ५० औ चित्रकला पर््रदशनीमा भाग लिइसकेकी छिन् । सनले स्वदेशमा मात्र नभई विदेशका विभिन्न चित्रकला पर््रदशनीमा भाग लिइसकेकी छिन् । देश तथा विदेशमा विभिन्न प्रतिष्ठित कम्पनी तथा व्यक्तिका घरमा उनका चित्रकलाहरु सजाइएको देख्न सकिन्छ । उनकै आफनो घरमा आएर धेरैले उनले बनाएका पेन्टिङहरु किनेर लैजाने गर्छन् ।

सामान्यतया वुझ्दा कलाकारकोले शान्त वातावरणमा आफ्ना कलालाई उर्ताछन तर कलाकार शुष्मा राजभण्डारी भने संगीतमा रमाएर पेन्टीङ्ग गर्छिन । एक समयमा व्याडमिन्टन खेलाडी रहेकी राजभण्डारी काम नलाग्ने भनेर फ्याकिएका वस्तुलाई पनि कलात्मक ढङ्गवाट पुन प्रयोगमा ल्याउन प्रयासरत छिन् ।क

हरेक पटक रंगको समीश्रणले नया चित्र कोरीरहने कलाकार शुष्मा राजभण्डारीको चित्रवाट नै उनका मनका भावहरु झल्कीएका हुन्छन । आजसम्म उनले अनगिन्ती चित्रहरु वनाइन तर पनि उनको पाईला रोकिएको छैन उनी सधै सक्रिय छिन । उनको यो यात्रा सदैव अगाडी वढिनै रहोस ।

हाम्रो यही शुभकामना ।

 

 

सम्बन्धित समाचारहरु