आधाआकाशमा सरस्वती काफ्ले
आधाआकाशमा सरस्वती काफ्ले
Added: 2011 December 22

२६ बर्षभयो सरस्वती काफ्लेले कोठा खाज्दै हिडेको । काम नै उनको कोठा खाज्ने । आफुलाई नभई अरुका लागी । सबैथोक उनको यहि कोठा खाज्ने काम नै हो । यहि कामले उनलाई दाल भात जुटाएको छ भने कोठा नपाएर सास्ती खेपेकालाई ढुगां खोज्दा देउता भेटे जस्तो ।

तपाईलाई कतिवटा कोठा चाहिएको हो - कुन ठाउँमा चाहिएको - रातोपूल गएर आफनो नाम र टेलिफोन सरस्वती काफ्लेलाई टिपाउनुस् । तपाईले भनेकै ठाउँमा कोठा पत्ता लागेपछि काफ्लेले तपाइलाई आफै खबर गर्छिन । जागिरभन्दा कोठा पाउन गाहो काठमाडौंमा तपाई यो dmन्dmट मुक्त हुन सक्नुहुन्छ तर केही समय पर्खनर्ुपर्ने हुन्छ ।

रविलाल खनाल र रोमाकुमारी खनालको माइली छोरी सरस्वती काफ्लेको जन्म १९९३ सालमा काभ्रेको धुलस्खेलमा भएको हो । ५ जना दिदीबहिनी र ४ जना दाजुभाए सहितको परिवारमा हर्ुकनुभएको काफ्लेको ७ बर्षो कलिलो उमेरमा पहिलो विवाह भएको हो । त्यसको केही समयपछि अकस्मात् श्रीमान्को मृत्यु भएका कारण उनले  सासुका साथमा रही जीवनयापन गरेकी थिइन् । जब सासुको पनि निधन भयो त्यसपश्चात उनले काठमाडौमा बर्साई सरीन् ।

काठमाडौ आएपछि बाच्ने उपक्रममा र्सघषका थुप्रै पापड बेल्नुपर्याे ।  आठआना भारी बालुवा चाल्ने , ६ रुपैया भारी घासँ काट्ने देखि लिएर अरुको घरमा भान्छे भएर काम र बैकंको जागिरे जीवनको अनुभव पनि बटुलेकी छिन् । यहि र्सघषको यात्रामा उनको दोस्रो विवाह पनि भयो । तर यो विवाह सगै उनको जीवनमा अdm धेरै अड्चनहरु पनि थपिएका थिए । विवाह पश्चात् श्रीमान्को तेस्रो श्रीमती बन्न पुगेकोले आजसम्म उनले एक्लै र्सघष गरेर हिड्नुपरेको छ ।

कोठा खाज्ने काम उनले २०४१ सालदेखि सुरु गरेकी हुन् । कोठा खोजीदिएबापत उनले निश्चित पारिश्रमीक तोकेकी छिन् । एउटा कोठा देखि फल्याटसम्म खोजिदिने काफ्लेले अहिलेसम्म र्सवसाधारण देखि मन्त्रीसम्म , अनि डाक्टर, पाइलट देखि लिएर पर्यटकसम्म सबैलाई कोठा खोजिदिए सकेकी छिन् ।

खान लाउन, गाडीभाडा देखि कोठा भाडा तिर्ने आयश्रोत पनि यहि कोठा खोज्ने काम नै हो काफ्लेको । बिहान सबैरै उठेर बेलुका अबेरसम्म कोठा खाज्दै हिडेपछि अरु काम गर्ने समय पनि मिल्दैन उनलाई । कहिलेकाही त कोठा खोज्दा खाज्दै आफूले पाउने पारिश्रमीक भन्दा पनि बढी खर्च हुन्छ । यस्तोमा भोकै बस्नर्ुपर्ने बाध्यता पनि पर्दछ । 

गाडी चढी नहुने ठाउँमा मात्र गाडी चढ्ने उनी प्राय पैदल नै हिड्छिन् । कोठा खाज्ने क्रममा उनलाई पैदल नहिडी सुखै छैन । dmरी, बादल, घाम, पानी नभनी प्राय हिडी नै रहने काफ्लेलाई बिहानै हिडेर कोठा खोज्दा खाज्दै समय गएको पत्तै हुदैन । तर पनि कोठा पाउन मुस्किल छ । अहिलेसम्म उनले कति कोठा खोजिदिइन् त्यसको कुनै गिन्ती छैन । होस् पनि कसरी । उनले खाजिदिएको कोठामा डेरामा बस्ने थुप्रैले काठमाडौ उपत्यकामा घर ठड्याइसकेको उनलाई थाहा छ । तर उनको आफनो बर्साई भने अdmै कोठामा नै छ । १४ बर्षभइकसक्यो उनी आफू एउटै कोठामा बसेको ।

कोठा खाज्ने क्रममा काफ्लेलाई काठमाडौको नक्सा खुम्चिदै गएको भान हुन थालेको छ । सधै कोठा खाली छ भन्दै काठमाडौ फन्को मारिरहने भएपनि यस्तो लाग्नु स्वभाविक हो । पहिले कोठा पाउन सजिलो थियो तर अहिले पहिले जस्तो सजिलो छैन , त्यसमाथि पनि बढ्दो महगीं सधै बढेको घरभाडाले dmनै मर्का पारेको छ र्सवसाधारणलाई । यो कुराले निकै चिन्तित बनाएको छ उनलाई । आफूले सकुन्जेल उही काम गरेर जीउने सोच बनाएकी काफ्लेलाई पछि यदि आफूले नसकेमा आफनो जीवनको अन्तिम समय वृद्धआश्रममा गएर आश्रय लिने सोचमा छिन् ।

 

सम्बन्धित समाचारहरु